१५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ

बकैया दर्पण संवाददाता
६ फाल्गुन २०७९, शनिबार ११:३८

मकवानपुर । कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका-४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाा र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए ।

उनकाअनुसार उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको छ । बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*