राष्ट्र बैंकको आज बैंक तथा वित्तीय संस्था खुलाउन आग्रह

बकैया दर्पण संवाददाता
१ फाल्गुन २०७९, सोमबार ०८:४३

मकवानपुर । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि बैंकहरू खुलाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले सूचना निकालेर बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखेर सेवा दिन आग्रह गरेको हो। नगद कारोबार, चेक क्लियरिङलगायत अति आवश्यक सेवा प्रदान गर्न राष्ट्र बैंकले भनेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध दिवस’का दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*