आज १४ सय रुपैयाँले घट्यो सुनको भाउ

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १२:२१

मकवानपुर । हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख छ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुनको भाउ एक लाख सात हजार पाँच सय रुपैयाँ थियो । आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगाे भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*