त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठप्प भएका अन्तर्राष्ट्रिय उडान पुन: सुरु

बकैया दर्पण संवाददाता
१४ माघ २०७९, शनिबार १८:०७

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठप्प भएका अन्तर्राष्ट्रिय उडान पुन: सुरु भएका छन् । सबै सरकारी वेबसाइट डाउन हुँदा भिसा र पासपोर्टको अनलाइन अध्ययन हुन सकेको थिएन । अध्यागमनकै साइट समेत डाउन हुँदा उडान ठप्प भएका थिए भने विदेशबाट आएका यात्रुहरुको पनि जाँच हुन नसक्दा लामो लाइन लागेको थियो ।

‘अहिले पनि साइट त खुलेको छैन तर म्यानुअल विधिबाट पासपोर्ट र भिसाको काम गरेर उडान सुरु भएको छ,’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भन्नुभयो । पूरै प्रणालीमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रियतर्फका उडान दिउँसो साढे १ बजेदेखि साढे तीन बजेसम्म रोकिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*