खुले झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट

बकैया दर्पण संवाददाता
१४ माघ २०७९, शनिबार १८:००

मकवानपुर । झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए ।सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको थियो । केन्द्रका निर्देशक तथा प्रवक्ता रमेश पोखरेलले बाहिरबाट ह्याकरहरुले आक्रमणको प्रयास गरेको हुन सक्ने उज्यालोलाई जानकारी दिनुभयो ।
‘प्रारम्भिक रुपमा हेर्दा बाहिरबाट आक्रमण भएको देखिएको छ, तर उनीहरुले पूरै कब्जा जमाउन नपाएकाले हामीले केही समयमै वेबसाइटलाई सञ्चालन गर्न सफल भयौँ’, पोखरेलले भन्नुभयो । वेबसाइट डाउन हुँदा सरकारी सेवा प्रवाह ठप्प भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*