३२ महिनापछि खुल्यो रसुवागढी नाका

बकैया दर्पण संवाददाता
१३ पुष २०७९, बुधबार १०:१८

मकवानपुर । चीनमा कोभिड संक्रमण बढेपछि बन्द गरिएको रसुवागढी नाका चीनले ३२ महिनापछि खोलेको छ ।

यो अवधिमा चीनतर्फबाट सीमित मात्रामा आयात भईरहेको भए पनि नेपालबाट हुने निर्यात पूर्ण रुपमा रोकिएको थियो । मंगलबार नेपालबाट ६ वटा ट्रक सामान लिएर चीनतर्फ गएका हुन । चार दिन पहिले भन्सार जाँचपास गरेर राखिएका ट्रकलाई मंगलबार चिनियाँ अधिकारीहरुले चीन जान दिएका हुन । अरु दुई वटा ट्रक बुधबार जाने छन् ।

हस्तकलाका सामग्री र मुढा निर्यात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । अब निर्यातका लागि नाका निरन्तर खुल्ने नखुल्ने विषयमा भने चिनियाँ अधिकारीहरुले केही बताएका छैनन् । कोभिड महामारीका कारण २०७६ चैतमा सरकारले नेपाल भित्रने सबै नाका बन्द गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*