आज सुनको भाउ ५ सय रुपैयाँले घट्यो

बकैया दर्पण संवाददाता
५ फाल्गुन २०७९, शुक्रबार १४:०४

मकवानुपर । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ । हिजो तोलाको १ लाख ३ हजार रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*