पशुपति सामुदायिक वन उपभोक्ता समुहको साधारणसभा सुरु: भोलि सोमबार नयाँ समिति गठन हुने
बकैया दर्पण : बकैया गाउँपालिका वडा नम्बर ७ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समुहको १४ औँ साधारण सभा कार्यक्रम सुरु भएको छ । आइतबार वन समुहका अध्यक्ष जितलाल भोम्जनको अध्यक्षता तथा बकैया-७ का वडा अध्यक्ष मान बहादुर स्याङ्तनको प्रमुख आतिथ्यतामा साधारणसभा सुरु भएको हो ।
समुहको कार्यालयमा भएको साधारणसभामा समुहका अध्यक्ष भोम्जनले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स-सचीव किसोर थापा मगरले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा २ सय १५ जना उपभोक्ताको उपस्थिति थिए ।
साधारण भेलामा अध्यक्ष भोम्जनेले आफ्नो कार्य समितिको कार्यकाल सकिएको घोषणा गर्नुभएसँगै अब नयाँ समिति चयनको लागि बाटो खुलेको छ । समितिको अध्यक्ष पदका लागि ७ जनाको उम्मेद्बारी परेका छन् । आइतबार समय अभाव भएसँगै भोलि सोमबार बिहान ११ बजेको सम्मको लागि स्थगित भएको छ।
कार्यक्रममा छतिवन वन डिभिजनका वन अधिकृत पुर्ण प्रसाद पौडेल, होमनाथ बस्तोला र स्थानिय बुद्धिजीवी हरुको उपस्थित रहेको थियो ।