मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु

बकैया दर्पण संवाददाता
२१ मंसिर २०८१, शुक्रबार १२:५६

बकैया दर्पन :मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई – काठमाण्डौ द्रुतमार्गमा टिप्प्र दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लोड लिई जादै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडक बाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुदा ट्रिपर चालक चितवन घर भएका ४२ वर्षिय सानु लो तामाङ च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*